दिव्या स्माइल डेन्टल केयर क्लिनिक तपाईं र तपाईंको परिवारलाई ह्याप्पी फेस्टिभ सिजनको शुभकामना दिन्छौ। चाडपर्वको बेला हामी आफ्नो स्वास्थ्यको खासै ख्याल राख्दैनौं । दशैँ र तिहारको समयमा हामी धेरै मिठाइ र मासुजन्य बस्तुको सेवन गर्छौ । यो चाडबाडको मौसम हो र हामी खानेकुरालाई नाइँ भन्न सक्दैनौं । तर मुख स्वस्थ रहन हामीले केही आधारभूत स्वास्थ्य सुझावहरू पछ्याउनुपर्छ। यदि हामीले त्यसो गर्न सकेनौं भने निम्न समस्याहरू उत्पन्न हुन सक्छन्:
समस्याहरू:
१) दाँतको बीचमा खाना अड्किएर दुख्ने ।
२) कडा खानेकुरा जस्तै ओखर, मासुको हड्डी चपाउँदा दाँत भाँचिने।
३) पिए पदार्थका बोतलको विर्को खोल्न खोज्दा दाँत चर्किने/ भाँचिने।
४) किरा लागेको ठाउँमा खाना अड्किएर दुख्ने।
समाधानहरू:
१) दिनमा २ चोटी दाँत माझ्ने बानी बसाल्ने।
२) दाँतको बीचमा अड्केको खाना Toothpick / सिन्काको प्रयोग गरी नझिक्ने। Dental floss ko सहायताले निकाल्ने।
३) पेय पदार्थको बोतलको बिर्को दाँतले नखोल्ने।
४) मनतातो पानीमा नुन हालेर मुख कुल्ला गर्ने।
मुख स्वस्थ राख्न हामीले माथि उल्लिखित निर्देशन पालन गर्नै पर्छ । यदि तपाईको मुख को स्वास्थ्य सम्बन्धि कुनै क्वीरस छ भने कृपया हामीलाई 01-5249173 वा 9808720746 मा सम्पर्क गर्नुहोला वा 9808720746 वा नागार्जुन-३- एक धारा, थुलोबहरयाङ, स्वयमभु, काठमाण्डौ स्थित हाम्रो क्लिनिकमा जानु होला ।
रमाइलो र स्वस्थकर चाडपर्व मनाउनुहोस्।